images

Sep 29 2026 | २०८३, असोज १३ गते

फागुन २१ मै निर्वाचन हुनुपर्नेमा शेखर कोइरालाको जोड

फागुन २१ मै निर्वाचन हुनुपर्नेमा शेखर कोइरालाको जोड

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • फागुन २१ मै निर्वाचन हुनुपर्नेमा शेखर कोइरालाको जोड

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका छन्।

    उनले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका हुन्।

    मोरङको सुन्दर हरैंचा नगरपालिका ४ का स्थानीय नेताहरूसँगको भेटमा उनले निर्वाचनमा जुट्न पनि आग्रह गरेका थिए।

    प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको कोइरालाले बताए।

    'संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंकासमेत जन्मिएको छ,' कोइरालाले भने।


    सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए।

    'दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको
    छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्, यसबारेमा सरकारले के सोचेको छ?' उनले प्रश्न गरे?

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट