images

Sep 29 2026 | २०८३, असोज १३ गते

आन्तरिक असन्तुष्टि मिडियामा नपुर्‍याउन ओलीको निर्देशन

आन्तरिक असन्तुष्टि मिडियामा नपुर्‍याउन ओलीको निर्देशन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • आन्तरिक असन्तुष्टि मिडियामा नपुर्‍याउन ओलीको निर्देशन

     काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टिका कुरालाई सञ्चारमाध्यममा गएर नराख्न चेतावनी दिएका छन् ।

    नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । 

    ‘कसैको केही असन्तुष्टि नेतृत्वसमक्ष भए लिखित, मौखिक रूपमा व्यक्त गरे हुन्छ । सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नहोउन् भन्न चाहन्छौँ,’ ओलीले भने, 'किनकि हामी सुदृढ अनुशासनमा बस्छौँ ।'

    सामूहिक निर्णय र बलबाट अघि बढ्ने भन्दै उनले निजी हित भनेर अनुशासन बाहिर नजान पनि चेतावनी दिए ।

    'पार्टीका नीति, निर्णय सामूहिक बल र प्रयासबाट निकालिएका छन् । यस्तोमा निजी हित भनेर चल्न हुँदैन । यो अनुशासन र स्वतन्त्रता होइन,' ओलीले चेतावनीको शैलीमा भने, 'एमालेमा कोही बोल्न पाउँदैन, ओलीको तानाशाही चल्छ ।

    आलोचनात्मक चेत हराएका झोले एमालेमा बस्छन् नत्र बोलिहाल्थे भन्छन् । तर केपी ओली बोल्नुपर्ने गरी गल्ती गर्दैन अनि किन बोल्नु त ?

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट