images

Sep 29 2026 | २०८३, असोज १३ गते

सरकारले परम्परागत चिकित्सा पद्धतिलाई प्राथमिकतामा राखेको छ : मन्त्री गौतम

सरकारले परम्परागत चिकित्सा पद्धतिलाई प्राथमिकतामा राखेको छ : मन्त्री गौतम

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
  • सरकारले परम्परागत चिकित्सा पद्धतिलाई प्राथमिकतामा राखेको छ : मन्त्री गौतम

    काठमाडौँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छिन् ।


    विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् ।

    आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गरिन् । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उनले उल्लेख  गरिन्। 

    मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताइन् । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट