images

Sep 29 2026 | २०८३, असोज १३ गते

भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान: मन्त्री पुन

भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान: मन्त्री पुन

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
  • भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान: मन्त्री पुन

    काठमाडौँ- विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान प्रभावकारी माध्यम हुनसक्ने बताएका छन्।

    विश्व ध्यान दिवसको अवसरमा आईतबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले भ्रष्टाचारको मूल कारण मानिसको अशुद्ध मन, लोभ र घमण्ड भएको बताए। यस्ता प्रवृत्ति हटाउन औषधीले काम नगर्ने भएकाले योग र ध्यान नै व्यवहारिक उपाय हुनसक्ने उनले बताए।

    ‘हामी जसलाई भ्रष्टाचारी भन्छौं, उनीहरूको मन शुद्ध छैन, लोभ र घमण्डले भरिएको छ,’ मन्त्री पुनले भने,‘यस्तो प्रवृत्ति औषधी खुवाएर हट्दैन।

    त्यसको औषधी बनेको पनि छैन र बन्ने पनि छैन। तर योग र ध्यानलाई औषधीको रूपमा समाजमा फैलाउन सकियो भने भ्रष्टाचार घट्ने सम्भावना देख्छु।’

    उनले योग र ध्यानलाई टोलटोल तथा गाउँगाउँसम्म विस्तार गर्न सबैले साझा प्रयास गर्नुपर्ने बताए। योग र ध्यानलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने उनको धारणा छ।


    ‘योग विषय पढाउने होइन, गराउने कुरा हो,’ मन्त्री पुनले भने,‘विद्यालयमा शुक्रबारको दिनलाई पढाइभन्दा बाहिरका अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने प्रस्ताव अघि सारेको छु।’

    विद्यालयका अतिरिक्त क्रियाकलापअन्तर्गत योगलाई समावेश गर्न निर्देशन दिइसकिएको र हरेक विद्यालयमा योग पुर्‍याउने दिशामा मन्त्रालयले काम अघि बढाइरहेको पुनले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट