मिराज ढुंगाना समूहको प्रदर्शनमा सुरक्षा कडा
मिराज ढुंगाना समूहको प्रदर्शनमा सुरक्षा कडा
काठमाडौँ । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ
सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
सो समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने भएको छ ।
आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा सो समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।
