रवि–बालेन भेटपछि अशिमको प्रतिक्रिया: कथाको सुखद् सुरूआत भएको छ
रवि–बालेन भेटपछि अशिमको प्रतिक्रिया: कथाको सुखद् सुरूआत भएको छ
काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशिम साहले पार्टी
सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेटलाई कथाको सुखद् सुरूआतको संज्ञा दिएका छन्।
सभापति लामिछाने र मेयर बालेनबीच सोमबार झन्डै ६ घन्टा आशिफ साहकै निवासमा भेटवार्ता भएको थियो।
उनीहरूबीच आइतबार र सोमबार लगातार भेट पनि भएको थियो।
‘अन्ततः 'कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!' उनले भनेका छन्।
उनीहरूबीच सकारात्मक कुराकानी भएको नेताहरूले बताएका छन्।
