images

Sep 29 2026 | २०८३, असोज १३ गते

नयाँ शक्तिहरूको एकता आवश्यक : मन्त्री घिसिङ

नयाँ शक्तिहरूको एकता आवश्यक : मन्त्री घिसिङ

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ९ २०८२
  • नयाँ शक्तिहरूको एकता आवश्यक : मन्त्री घिसिङ

    काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।


    हामीले अहिलेसम्म कुनै पनि ठाउँमा सुशासनको विषयमा सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘तलदेखि माथि सम्मका निकायहरूमा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

    घिसिङले आफू मन्त्रीको हैसियतमा राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेको र आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने बताए । उनले निर्वाचनमा जाँदा सबै नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुको विकल्प नभएको उल्लेख गरे।  


    ‘देशको परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावपछि सही नेतृत्व स्थापित गर्न सबै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ,’ घिसिङले भने, ‘उपयुक्त समयमा हामी आवश्यक निर्णय लिनेछौँ। अहिलेको मुख्य कार्यभार भनेको चुनाव सम्पन्न गर्नु र सुशासनमार्फत जनतालाई राहत दिनु हो।’


    उनले देशका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने बताए । नयाँ शक्तिहरूबिचको एकताले मात्रै मुलुकमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्न सकिने उनको दाबी थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट