जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री लेखकको बयान आज
जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री लेखकको बयान आज
काठमाडौँ -पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिँदैछन्।
आयोगको पत्राचारपछि पूर्वृहमन्त्री लेखक सोमबार बयानका लागि जान लागेका हुन्।
उनी सोमबार मध्याह्न १२ बजे बयान दिन जाने तय भएको छ। बयान सकिसकेपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्नेछन्।
जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।
बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा लेखकलाई अधिकांश नेताहरूले बयानमा जान सुझाव दिएका थिए।
