images

Sep 29 2026 | २०८३, असोज १३ गते

समानुपातिक सूचीमा ११० नाम पठाइने, नयाँ अनुहारलाई प्राथमिकता : प्रवक्ता महत

समानुपातिक सूचीमा ११० नाम पठाइने, नयाँ अनुहारलाई प्राथमिकता : प्रवक्ता महत

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
  • समानुपातिक सूचीमा ११० नाम पठाइने, नयाँ अनुहारलाई प्राथमिकता : प्रवक्ता महत

    काठमाडौँ-नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभा समानुपातिकतर्फ ११० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।  

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति बैठकले ११० जनाकै नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए।

    उनकाअनुसार समानुपातिक तर्फको सूची बनाएर पार्टीले पारितसमेत गरिसकेको छ।

    ‘केही प्राविधिक कुरा मिलाउन बाँकी छ, साथीहरू निर्वाचन आयोग पुगेर प्रक्रिया अघि बढाउँदै हुनुहुन्छ,’ उनले भने।

    प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितले आयोगमा पुगेर निस्सा लिएर आएका थिए। समानुपातिक सूची बुझाउन समय लाग्ने भएर कांग्रेसले निस्सा लिएर आएको हो। 


    प्रवक्ता महतले पटक पटक समानुपातिक सांसद भएकाहरूलाई यसपालि सूचीमै समावेश नगरिएको बताए।


    ‘नयाँ साथीहरू र पार्टी जिम्मेवारीमा नरहेका तर काम गरिरहेका साथीहरू पनि समानुपातिकमा अवसर पाउनुभएको छ,’ उनले भने।

    पदाधिकारीतर्फ सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिकमा बसेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट