images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रियसभा अध्यक्षको सुविधा कटौती नगर्न - आग्रह

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रियसभा अध्यक्षको सुविधा कटौती नगर्न - आग्रह

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
  • प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रियसभा अध्यक्षको  सुविधा कटौती नगर्न - आग्रह

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच शिष्टाचार भेटवार्ता भएको छ ।

    अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेटवार्ता गरेका थिए । 

    भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट