images

Sep 29 2026 | २०८३, असोज १३ गते

आयोगले डिजिटल हस्ताक्षर अस्वीकार गरेपछि समानुपातिक सूची प्रक्रिया प्रभावित

आयोगले डिजिटल हस्ताक्षर अस्वीकार गरेपछि समानुपातिक सूची प्रक्रिया प्रभावित

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १५ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १५ २०८२
  • आयोगले डिजिटल हस्ताक्षर अस्वीकार गरेपछि समानुपातिक सूची प्रक्रिया प्रभावित

    काठमाडौँ -नेपाली कांग्रेसले मंगलबार बिहानसम्म समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छैन।

    विभिन्न ६४ वटा दलले सोमबार रातिसम्म सूची बुझाएका थिए। प्रमुख दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अबेर गरी सूची बुझाएको थियो।

    निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन आइतबार र सोमबारको समय दिएको थियो।

    सोमबार अपराह्न ४ बजेसम्म पनि उम्मेदवार सूची पेस गर्न नसकेपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका कांग्रेस नेताहरूले आयोग पुगेर निस्सा लिएका थिए।

    यद्यपि मंगलबार बिहानसम्म पनि कांग्रेसले सूची बुझाएको छैन।

    एक नेताका अनुसार समानुपाति सूचीमा कांग्रेस सभापति शेरबहादुर देउवाको डिजिटल हस्तार राखिएको थियो।

    सूची पेस गर्दा आयोगले डिजिटल हस्ताक्षरलाई मान्यता नदिएपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल सूचीमा हस्ताक्षर गराउन महाराजगञ्जस्थित देउवा निवास पुगेका छन्।
    देउवाको हस्ताक्षरपछि सूची आयोगमा बुझाइने ती नेताले बताए।

    पार्टीका तल्ला क्षेत्रबाट मापदण्डभन्दा बढी उम्मेदवार सिफारिस हुँदा कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको थियो।

    कांग्रेसले सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर उम्मेदवारबारे छलफल गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट