images

Sep 29 2026 | २०८३, असोज १३ गते

दुर्गा प्रसाईंलाई चुनावबाटै मुद्दा अनुमोदन गराउन प्रधानमन्त्री कार्कीको सुझाव

दुर्गा प्रसाईंलाई चुनावबाटै मुद्दा अनुमोदन गराउन प्रधानमन्त्री कार्कीको सुझाव

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १५ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १५ २०८२
  • दुर्गा प्रसाईंलाई चुनावबाटै मुद्दा अनुमोदन गराउन प्रधानमन्त्री कार्कीको सुझाव

    काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई चुनावबाटै आफ्ना मुद्दा अनुमोदन गराउन भनेकी छन्।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कार्कीले यस्तो बताएको उनको सचिवालयले जानकारी दिएको छ।

    ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौं,’ प्रधानमन्त्री कार्कीलाई उद्धृत गर्दै सचिवालयले भन्यो, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्णरूपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौं। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौं।’

    प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न प्रसाईंलाई सुझाएकी छन्। प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै भगवान् गौतम बुद्धको चित्र पनि उपहार दिएकी छन्।

    ‘हामी पनि न्यायका पक्षधर हौं,’ प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनेको कुरा उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौं। भ्रष्टाचारको अन्त्य, शोषित(पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ।

    सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौं। तपाईंले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔंला

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट