images

Sep 29 2026 | २०८३, असोज १३ गते

समानुपातिक सूची विवाद : सागर ढकाल भन्छन्– गल्ती सुधार्न अझै समय छ

समानुपातिक सूची विवाद : सागर ढकाल भन्छन्– गल्ती सुधार्न अझै समय छ

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १६ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १६ २०८२
  • समानुपातिक सूची विवाद : सागर ढकाल भन्छन्– गल्ती सुधार्न अझै समय छ

    काठमाडौँ -पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले हतार-हतार रवि, कुलमान र बालेनलाई मिलाउँदा रास्वपाको समानुपाति सूचीमा त्रुटी भएको बताएका छन्।

    ढकालले फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई मिलाउँदा त्रुटी भएको र त्यसमा सुधार भइरहेको बताएका हुन्।

    'सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ। हामीले गल्ती नगर्ने होइन, गल्ती गर्छौं तर थाहा पाएपछि सुधार्छौं पनि भनेर उत्तर दिनुपर्छ। आशा छ, कुलमान, रवि र बालेनले जनताले समानुपातिक सूचीमा उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नुहुनेछ। मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु,' उनले भनेका छन्।

    उनले नयाँ भनेर अन्धाधुन्ध विश्वास नगर्न पनि नागरिकहरूलाई अपिल गरेका छन्।

    'सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन,' उनले भनेका छन्, 'प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन, चाहे नयाँ हुन् चाहे पुराना। सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर नै देश बन्छ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट