images

Sep 29 2026 | २०८३, असोज १३ गते

रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्डलाई जिल्ला नेताहरूको प्रस्ताव

रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्डलाई जिल्ला नेताहरूको प्रस्ताव

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
  • रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्डलाई जिल्ला नेताहरूको प्रस्ताव

    काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट निर्वाचन लड्न जिल्ला नेताहरूले प्रस्ताव गरेका छन् ।
    आइतबार प्रचण्ड निवासमा रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, तीन पालिकाका निर्वाचित अध्यक्ष सहितका प्रतिनिधि मण्डलले उक्त प्रस्ताव गरेका हुन् । 

    माओवादी जनयुद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा २०६४ सालदेखि नै नेकपा माओवादी केन्द्रले जित्दै आएको छ ।नेताहरूले राखेको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएपनि यहीँबाट निर्वाचन लड्नेबारे कुनै जवाफ नदिएको पूर्वमन्त्री तथा स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।

    रुकुम पूर्वबाट चुनाव लड्न सबैले आग्रह गर्नुभएको छ । तर निश्चित भने भएको छैन । पार्टीभित्र छलफल गरेर जवाफ दिन्छु भन्नुभएको छ’, उनले भनिन् ।


    प्रचण्ड निवासमा जिल्लाका १५ जना केन्द्रीय सदस्य, तीन जना पालिका अध्यक्ष लगायत सहभागी भएका थिए । नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देश सभामा भाग लिन नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू छलफल गरेका थिए ।

    जिल्लाले सिफारिस गरेर पठाएको उम्मेदवारको नाममा प्रचण्डको नाम छैन । उनी रुकुम पूर्वबाट उठ्न चाहेमा सबै जनाले उम्मेदवारी फिर्ता लिन तयार भएको अर्का एक नेताले बताए । 

    सोही जिल्लाबाट उम्मेदवारमा सिफारिस हुनेमा केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुन, केन्द्रीय सदस्यहरू दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन ’मार्शल’, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्की रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट