images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री शाहलाई सांसद राईको चेतावनी : कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्नू

प्रधानमन्त्री शाहलाई सांसद राईको चेतावनी : कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्नू

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ७ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ७ २०८३
  • प्रधानमन्त्री शाहलाई सांसद राईको चेतावनी : कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्नू

    काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो दायित्व पूरा गर्न नसक्ने भए पद छाड्दा राम्रो हुने स्पष्ट बताएका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै आफ्नो आसनबाट उठी प्लेकार्ड प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्ने अवसर दिएका थिए।

    सांसद राईले संसद् नियमावलीअनुसार सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने व्यवस्था भए पनि वैशाख २८ गते राखेका प्रश्नहरूको जवाफ अहिलेसम्म नपाएको गुनासो गरे। उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले आफैँ सम्हालेको भएकाले लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधिसभामा उपस्थित भएर दिनुपर्ने माग राखे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट