images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिविरुद्ध प्रतिपक्षको अवरोध, प्रतिनिधि सभा बैठक स्थगित

प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिविरुद्ध प्रतिपक्षको अवरोध, प्रतिनिधि सभा बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २६ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २६ २०८३
  • प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिविरुद्ध प्रतिपक्षको अवरोध, प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं। सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राखेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए।

    प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रधानमन्त्रीले सीमबारे प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति पुष्टि गर्ने ठोस प्रमाण सार्वजनिक गर्नुपर्ने, अन्यथा सो अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने कडा अडान कायम राखेका छन्।

    सत्तारूढ रास्वपाले परराष्ट्र मन्त्रालयले यसविषयमा स्पष्टीकरण दिइसकेको र आवश्यकता अनुसार परराष्ट्रमन्त्रीले थप जवाफ दिने बताए पनि प्रतिपक्षी दलहरू भने प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भई अभिव्यक्ति सच्याउनुपर्ने अडानमा अडिग रहे। प्रतिपक्षको लगातार अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट