images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपा महाधिवेशन– ८० विद्युतीय मेसिनबाट हुने केन्द्रीय सदस्यको मतदान

रास्वपा महाधिवेशन– ८० विद्युतीय मेसिनबाट हुने केन्द्रीय सदस्यको मतदान

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १० २०८३
  • रास्वपा महाधिवेशन– ८० विद्युतीय मेसिनबाट हुने केन्द्रीय सदस्यको मतदान

      काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा यसपालि विद्युतीय मेसिनमार्फत मतदान हुने भएको छ ।

    आइतबारदेखि सुरु भएको महाधिवेशन एक दिन थपिँदा अब बुधबार मात्रै मतदान सम्पन्न हुने भएको हो । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुने तय भएकामा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

    अब बाँकी रहेको ९९ केन्द्रीय सदस्य पदका लागि विद्युतीय मेसिनबाट भोटिङ हुनेछ । यसका लागि रामलक्ष्मण इनोभेसन कम्पनीको प्रविधि प्रयोग गरिनेछ । उक्त कम्पनीका सञ्चालक लक्ष्मण रिमालका भनाइअनुसार मतदानमा जम्मा ८० विद्युतीय मेसिन खटाइनेछन्, जो हाल तयारी अवस्थामा छन् ।

    रिमालका अनुसार उम्मेदवारको अन्तिम सूची प्राप्त भएलगत्तै मेसिनमा नाम प्रविष्टि (इन्ट्री) गर्ने काम थालिनेछ । सामान्य अवस्थामा यसका लागि १५ घन्टासम्म लाग्ने भए पनि अन्य प्राविधिक तयारी र परीक्षण पहिल्यै सकिएकाले अब नामसूची प्राप्त भएको ६ घन्टाभित्रै इन्ट्री पूरा गर्न सकिने उनको दाबी छ ।

    यसैबीच, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहानसम्म पनि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्न सकेको छैन । नामावली सार्वजनिक भएपछि दाबी-विरोधका लागि समय दिइने र त्यसको छानबिन सकिएपछि मात्र अन्तिम नामावली जारी हुने प्रक्रिया रहेको छ । त्यसपछि मात्र आयोगले मेसिनमा नाम प्रविष्टिका लागि सूची उपलब्ध गराउनेछ ।

    यी सबै प्रक्रिया पूरा हुँदा पहिलो चरणको मतदान अपराह्नपछि मात्र सुरु हुने देखिन्छ । केन्द्रीय सदस्यका ९९ पदका लागि हालसम्म ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन् । पहिलो चरणको मतदान सकिएपछि मात्र पदाधिकारी छनोटका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट