Aug 11 2026 | २०८३, साउन २६ गते

रास्वपा महाधिवेशन : लामिछानेले मतदान गरे, केन्द्रीय सदस्यका लागि ९९ पदमा प्रतिस्पर्धा

रास्वपा महाधिवेशन : लामिछानेले मतदान गरे, केन्द्रीय सदस्यका लागि ९९ पदमा प्रतिस्पर्धा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • रास्वपा महाधिवेशन : लामिछानेले मतदान गरे, केन्द्रीय सदस्यका लागि ९९ पदमा प्रतिस्पर्धा

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा पार्टी सभापति रवि लामिछानेले मतदान गरेका छन्। उनले आज आफ्नो मत प्रयोग गरेका हुन्।

    images

    हाल पार्टीका ९९ केन्द्रीय सदस्य पदका लागि मतदान चलिरहेको छ। केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्र पदाधिकारीहरूका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। सभापति पदका लागि भने लामिछाने पहिल्यै निर्विरोध निर्वाचित भइसकेका छन्।

    जानकारी अनुसार, आज दिउँसो १२ बजे २० मिनेटसम्म जम्मा २ हजार ९ सय ३० जना महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट