सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौँ । सरकारले जारी गरेका चार अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकहरू प्रतिनिधि सभामा प्रस्तुत गरिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३; सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३; सहकारी (पहिलो संशोधन) विधेयक, २०८३; र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ पेस गरिएका हुन् । यी सबै विधेयक सरकारले ल्याएका अध्यादेशको प्रतिस्थापनका रूपमा प्रस्तुत गरिएका हुन् ।
