मिनभवनमा AI युगको सुरुवात: LG Electronics Singapore र CG Electronics को नयाँ २०२६ लाइनअप सार्वजनिक
मिनभवनमा AI युगको सुरुवात: LG Electronics Singapore र CG Electronics को नयाँ २०२६ लाइनअप सार्वजनिक
LG Electronics Singapore र CG Electronics को नयाँ २०२६ लाइनअप सार्वजनिक
काठमाडौं — LG Electronics Singapore ले नेपालमा आफ्नो आधिकारिक वितरक CG Electronicsसँगको साझेदारीमा "Experience AI: Affectionate Intelligence" शीर्षकको प्रदर्शनी सुरु गरेको छ, जसमार्फत कम्पनीले आफ्नो २०२६ को नयाँ AI-सञ्चालित घरायसी उपकरणहरूको लाइनअप सार्वजनिक गरेको छ।
काठमाडौंको मिनभवनस्थित LG Brandshopमा भएको यस प्रदर्शनीको औपचारिक उद्घाटन LG Electronics Singapore, Bangladesh Branchका श्री सुङहो चुनले गरेका हुन्। कार्यक्रममा सञ्चारमाध्यमका प्रतिनिधि, उद्योग क्षेत्रका साझेदार तथा ग्राहकहरूको उपस्थिति रहेको थियो। प्रदर्शनी साउन १७ गतेदेखि सुरु भई भदौ ४ देखि असोज १४ गतेसम्म सञ्चालनमा रहनेछ।
प्रदर्शनीमा LGका नवीनतम AI Television, Audio System, Washing Machine र Refrigeratorलगायतका उत्पादन प्रस्तुत गरिएका छन्। कार्यक्रममा बोल्दै श्री चुनले प्रविधि सहज, व्यक्तिगत र उपयोगी हुनुपर्ने आफ्नो कम्पनीको विश्वासलाई दोहोर्याउँदै, "Affectionate Intelligence" अवधारणामार्फत मानिसको दैनिक आवश्यकता बुझ्ने र परिवारलाई महत्वपूर्ण कुरामा बढी समय दिन मद्दत पुर्याउने प्रविधि निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
कम्पनीका अनुसार, नयाँ AI TVले प्रयोगकर्ताको रुचिअनुसार चित्र र आवाजको सेटिङ स्वतः मिलाउने तथा घरका अन्य स्मार्ट उपकरण नियन्त्रण गर्ने केन्द्रीय हबका रूपमा समेत काम गर्नेछ। AI Washing Machineमा रहेको AI Direct Drive प्रविधिले कपडाको प्रकार पहिचान गरी उपयुक्त धुने प्रक्रिया आफैं छनोट गर्छ, जसले पानी र डिटर्जेन्टको प्रयोग मिलाउँदै कपडाको संरक्षण र ऊर्जा बचत दुवैमा सहयोग गर्ने कम्पनीको दाबी छ। यसैगरी AI Refrigeratorले घरपरिवारको प्रयोग ढाँचा विश्लेषण गरी शीतलीकरण प्रणाली स्वतः समायोजन गर्दछ, जसमार्फत LG ThinQ एपबाट AI Saving Mode सक्रिय गरी विद्युत् खपत कम गर्न सकिने बताइएको छ।
यी सबै उपकरणलाई जोड्ने आधारको रूपमा LG ThinQ प्लेटफर्म रहेको छ, जसले विभिन्न स्मार्ट उपकरण र सेवालाई एउटै एकीकृत प्रणालीमार्फत सञ्चालन गर्न सक्ने कम्पनीले जनाएको छ।
LGका २०२६ का नयाँ AI Television, Audio System, Refrigerator र Washing Machine लगायतका उत्पादन Flagship LG Brand Store तथा नेपालभरका प्रमुख Retail Outletsमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
CG Electronics, CG Corp Global समूह अन्तर्गतको कम्पनी हो र नेपालमा LG उत्पादनको आधिकारिक राष्ट्रिय वितरक हो। LG Electronics Singaporeसँगको चार दशकभन्दा लामो साझेदारीमार्फत CG Electronicsले नेपालमा LGलाई विश्वसनीय प्रिमियम कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ।



