Aug 23 2026 | २०८३, भदौ ७ गते

CG Electronics–LGको कमर्शियल वाशिङ मेसिन सेमिनार सम्पन्न

CG Electronics–LGको कमर्शियल वाशिङ मेसिन सेमिनार सम्पन्न

आइतबार, भदौ ७ २०८३
आइतबार, भदौ ७ २०८३
  • CG Electronics–LGको कमर्शियल वाशिङ मेसिन सेमिनार सम्पन्न

    काठमाडौं — नेपालका लागि LGको आधिकारिक साझेदार CG Electronicsले भाद्र ५ गते LG कमर्शियल वाशिङ मेसिन सेमिनार सफलतापूर्वक आयोजना गरेको छ। नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसरहरूबारे जानकारी लिन तथा सम्भावनाहरूको खोजी गर्न आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरू गरी करिब ४० जनाको सहभागिता सेमिनारमा रहेको थियो।

    images

    सेमिनारको उद्देश्य LGका व्यावसायिक लन्ड्री समाधानबारे जानकारी प्रदान गर्नुका साथै उन्नत लन्ड्री प्रविधिले व्यवसायहरूको सञ्चालन दक्षता अभिवृद्धि गर्दै दिगो तथा लाभदायक व्यवसायिक वृद्धिका अवसरहरू कसरी सिर्जना गर्न सक्छ भन्ने विषयमा जानकारी गराउनु थियो।

    कार्यक्रमको नेतृत्व एलजी कमर्शियल वाशिङ मेसिनका व्यवसाय प्रमुख बसन्त पालले गर्नुभएको थियो भने कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख एस.सी. साबुको विशेष उपस्थिति रहेको थियो।

    सहभागीहरूलाई LGका कमर्शियल वाशिङ मेसिन समाधानहरू, विशेषगरी LG Giant र LG Titan, बारे जानकारी प्रदान गरिएको थियो। यी उत्पादनहरू आतिथ्य, स्वास्थ्य तथा वेलनेस क्षेत्र, लन्ड्रोम्याट, अपार्टमेन्ट, डोर्मिटोरी तथा लन्ड्री लाउन्जजस्ता उच्च र नियमित लन्ड्री आवश्यक पर्ने व्यावसायिक वातावरणका लागि डिजाइन गरिएका छन्।

    सेमिनारमा यी समाधानका प्रमुख विशेषता तथा फाइदाहरू, जस्तै उच्च टिकाउपन, शक्तिशाली धुलाई क्षमता, दक्ष सञ्चालन तथा स्मार्ट बिजनेस म्यानेजमेन्टबारे प्रकाश पारिएको थियो। विशेष रूपमा डिजाइन गरिएको १० डिग्रीको टिल्टेड ड्रमले उच्च धुलाई क्षमता कायम राख्दै पानीको खपत कम गर्न मद्दत गर्छ भने उन्नत Gyro Balancing Systemले टबको गतिविधि पहिचान गरी उपयुक्त वाशिङ एल्गोरिदम प्रयोग गर्छ, जसले मेसिनलाई स्थिर तथा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउँछ। अनुकूलित वाशिङ साइकलहरू केवल ३६ मिनेटमै सम्पन्न गर्न सकिन्छ। साथै, यसमा रहेको Inverter Direct Drive Motorले परम्परागत Belt Pulley Motorको तुलनामा २५.४ प्रतिशतदेखि ३२ प्रतिशतसम्म कम ऊर्जा खपत गर्दै उच्च दक्षतासहित प्रभावकारी कार्यसम्पादन प्रदान गर्छ।

    सेमिनारको मुख्य आकर्षणमध्ये एक कमर्शियल लन्ड्री क्षेत्रलाई बढ्दो व्यवसायिक अवसरका रूपमा प्रस्तुत गर्नु थियो। सहभागीहरूले आतिथ्य, स्वास्थ्य सेवा, आवासीय तथा अन्य व्यावसायिक क्षेत्रका लागि लन्ड्री सेवा स्थापना, स्तरोन्नति वा विस्तार गर्न LG व्यावसायिक लन्ड्री समाधानले कसरी सहयोग गर्न सक्छ भन्नेबारे विस्तृत जानकारी प्राप्त गरे।

    WhatsApp Image 2026-08-21 at 3.02.00 PM (1).jpeg

    WhatsApp Image 2026-08-21 at 3.02.00 PM.JPEG

    WhatsApp Image 2026-08-21 at 2.10.10 PM.JPEG

    कार्यक्रमको समापन प्रभावकारी अन्तरक्रिया सत्रसँगै गरिएको थियो, जहाँ विभिन्न व्यवसायिक पृष्ठभूमिका सहभागीहरूले LG टोलीसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्दै आफ्ना विशेष आवश्यकताबारे छलफल गरे तथा आफ्नो व्यवसायका लागि उपयुक्त कमर्शियल लन्ड्री समाधानबारे जानकारी लिए।

    यस पहलमार्फत CG Electronics – LG Nepalले नेपालमा विश्वस्तरीय कमर्शियल समाधान तथा उन्नत प्रविधि भित्र्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ। यसले व्यवसायहरूलाई दक्षता, विश्वसनीयता तथा लाभदायक वृद्धिका लागि डिजाइन गरिएका उन्नत समाधानमार्फत सशक्त बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट