वीरगन्ज चिनी मिल पुनःसञ्चालनतर्फ प्रक्रिया अघि, कार्यदलको स्थलगत निरीक्षण
वीरगन्ज चिनी मिल पुनःसञ्चालनतर्फ प्रक्रिया अघि, कार्यदलको स्थलगत निरीक्षण
सञ्चालनतर्फ प्रक्रिया अघि, कार्यदलको स्थलगत निरीक्षण
काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको छ। मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गर्दै भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको हो।

सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ। कार्यदलले कारखानाको वर्तमान भौतिक अवस्था र मेसिनरीको अवस्था हेर्नुका साथै पुनःसञ्चालनका लागि आवश्यक कार्ययोजना पनि तयार गर्नेछ।
सरकारको यो कदमसँगै लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना थप बलियो बनेको छ। स्थानीयस्तरमा यसले रोजगारी सिर्जना र क्षेत्रीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।



