images

Sep 30 2026 | २०८३, असोज १४ गते

विपद्को घडीमा अफवाह फैलाउनेलाई प्रहरीको कडा कारबाही

विपद्को घडीमा अफवाह फैलाउनेलाई प्रहरीको कडा कारबाही

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • विपद्को घडीमा अफवाह फैलाउनेलाई प्रहरीको कडा कारबाही

    काठमाडौँ । भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गरेको अभियोगमा प्रहरीले २४ वर्षीय एक युवालाई पक्राउ गरेको छ । बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा बसोबास गर्दै आएका वीरेन्द्र मडैलाई नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।

    पक्राउ परेका मडैले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिसम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिको घडीमा खुसी व्यक्त गर्ने खालको भिडियो सामग्री बनाई फेसबुक रिलमा अपलोड गरेका थिए । यस्तो सामग्रीले सामाजिक सहिष्णुतामा गम्भीर आघात पुर्‍याएको भन्दै प्रहरीले कारबाही अघि बढाएको हो ।

    पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचारलगायतका सामग्री प्रसारण गर्नेविरुद्ध प्रहरीले आक्रमक रूपमा कारबाही थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार संवेदनशील घडीमा पीडामा रहेका नागरिकले व्यक्त गरेका विचारमाथि अनावश्यक टिप्पणी गरी होच्याउने र थप पीडा दिनेहरूको निगरानी गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।

    विपद्को समयलाई मौकाका रूपमा प्रयोग गरी हुनसक्ने विभिन्न अपराध, गलत सूचनाको प्रवाह तथा राहत संकलनका नाममा नागरिकलाई ठगी गर्ने गिरोहलाई नियन्त्रण गर्न समेत प्रहरी उत्तिकै सक्रियताका साथ परिचालन भएको प्रवक्ता काफ्लेले बताएका छन् ।

    यस्तो खालका गतिविधिको अनुगमन गरी सामग्री तत्कालै हटाउन र गतिविधि रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । यो समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्नउपर अनुसन्धान तथा पहिचान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी आवश्यक कारबाही गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट