images

Sep 30 2026 | २०८३, असोज १४ गते

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित

आइतबार, भदौ २८ २०८३
आइतबार, भदौ २८ २०८३
  • साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित

    काठमाडौं — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन्।

    सिजन मिडियाले आइतबार आयोजना गरेको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत र सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा श्रेष्ठलाई सम्मान गरेका थिए।

    सरकार र निजीक्षेत्रको संयुक्त लगानीमा सञ्चालित साल्ट ट्रेडिङको नेतृत्व गर्दै आएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष र नेपाल महिला चेम्बरकी अध्यक्षसमेत हुन्। साल्ट ट्रेडिङको नेतृत्वमा रहेर उनले आवश्यक वस्तुको सहज आपूर्ति, बिक्री वितरण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्दै आएकी छन्। विपद् तथा संकटका समयमा समेत आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    श्रेष्ठ महिला उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा समेत सक्रिय छिन्। नेपाल महिला चेम्बरमार्फत उनले वित्तीय साक्षरता, व्यावसायिक तालिम, उद्यम प्रवर्द्धन तथा महिला र युवा उद्यमी लक्षित विभिन्न कार्यक्रमको नेतृत्व गरेकी छन्। यसका अतिरिक्त उनी युरोपियन इकोनोमिक चेम्बरकी उपाध्यक्ष, इन्टरनेसनल चेम्बर अफ कमर्सकी कार्यकारिणी सदस्य तथा नेपाल–भियतनाम चेम्बर अफ कमर्सकी वरिष्ठ उपाध्यक्षसमेत हुन्।

    व्यावसायिक नेतृत्व तथा महिला उद्यमशीलता प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट