images

Sep 29 2026 | २०८३, असोज १३ गते

आफ्नै बसमा आगो लगाए चालक, कारण अझै रहस्य

आफ्नै बसमा आगो लगाए चालक, कारण अझै रहस्य

कारण अझै रहस्य

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • आफ्नै बसमा आगो लगाए चालक, कारण अझै रहस्य

    काठमाडौं, ५ असोज — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको बिसौनीमा एक सार्वजनिक बसका चालकले आफूभित्रै बसेर बसमा आगो लगाएका छन्।

    ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा २५ वर्षीय चालक दावा लामाले आगो लगाएको प्रहरीले जनाएको छ। घटनाका बेला बसमा कुनै यात्रु थिएनन्। चालक लामाले आगो लगाएपछि बसमा ह्वारह्वार्ती आगो लागेको थियो र घटनालगत्तै दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।

    आफैंले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि पहिला वीर अस्पताल लगिएको थियो भने पछि कीर्तिपुरस्थित बर्न अस्पताल सारिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

    बसमा आगो लगाउनुको यकिन कारण भने अहिलेसम्म खुलेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर लामाले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

    काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले पनि चालकले नै आगजनी गरेको हुन सक्ने आशंका गर्दै घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट