images

Sep 30 2026 | २०८३, असोज १४ गते

आकस्मिक बाढीको पूर्वानुमान अब दुई दिन अगावै, प्रमुख नदीको बाढी पाँच दिनसम्मको

आकस्मिक बाढीको पूर्वानुमान अब दुई दिन अगावै, प्रमुख नदीको बाढी पाँच दिनसम्मको

मन्त्रीहरूको निर्देशनको भोलिपल्ट जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बढायो पूर्वानुमानको समयावधि

बिहीबार , असोज ८ २०८३
बिहीबार , असोज ८ २०८३
  • आकस्मिक बाढीको पूर्वानुमान अब दुई दिन अगावै, प्रमुख नदीको बाढी पाँच दिनसम्मको

    काठमाडौं, ८ असोज ।

    जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आकस्मिक बाढीको पूर्वानुमान अब दुई दिन अगावै गर्ने भएको छ। केन्द्रले बुधबारदेखि बाढी तथा आकस्मिक बाढी पूर्वानुमानको समयावधि बढाएको हो।

    नयाँ व्यवस्थाअनुसार तोकिएका प्रमुख नदीहरूको बाढीको पूर्वानुमान अब तीन दिनको सट्टा पाँच दिनसम्मको गरिनेछ। देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान २४ घण्टाबाट बढाएर ४८ घण्टा (दुई दिन) सम्मको बनाइएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन निर्देशन दिएका थिए। त्यसको भोलिपल्ट नै केन्द्रले पूर्वानुमानको समयावधि विस्तार गरेको हो। केन्द्र जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत रहेको छ।

    केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार केन्द्रको आफ्नै नेपाल-केन्द्रित बाढी पूर्वानुमान मोडेल र ईसीएमडब्लुएफको समष्टिगत पूर्वानुमानमा आधारित प्रणालीलाई अन्य विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी मोडेलसँग एकीकृत गरेर यो सुधार गरिएको हो।

    दुई दिनको आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एशिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू-चिस्यान, नदीको हालको जलसतह र प्रवाह, वर्षाको पूर्वानुमान तथा जलाधारको अवस्थालगायत सूचकको समग्र विश्लेषण गरिएको छ।

    यसबाट सम्भावित बाढी र आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी पाइने भएकाले पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि थप समय मिल्ने अपेक्षा गरिएको छ। केन्द्रले आगामी दिनमा स्थानविशेष र समयगत शुद्धता, प्रभावमा आधारित पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणाली क्रमशः थप सुदृढ गर्दै लैजाने प्रवक्ता भट्टराईले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट