images

Sep 29 2026 | २०८३, असोज १३ गते

४० प्रतिशत हिस्सा दिनुपर्ने कोइराला समूहको ठहर

४० प्रतिशत हिस्सा दिनुपर्ने कोइराला समूहको ठहर

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २० २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २० २०७९
  • ४० प्रतिशत हिस्सा दिनुपर्ने कोइराला समूहको ठहर

    काठमाडौँ । नेपाली कांग्रेसभित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ।

    शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरुलाई जानकारी दिए।

    आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट