images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेशनल लाईफको बीमा सचेतना साईकल र्‍याली सम्पन्न 

नेशनल लाईफको बीमा सचेतना साईकल र्‍याली सम्पन्न 

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • नेशनल लाईफको बीमा सचेतना साईकल र्‍याली सम्पन्न 

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्‍यालीको आयोजना गरेको छ ।

    बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारीलगायत  कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएका थिए । 

    पोखराको बाराहीघाटबाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो । 
    उक्त साईकल र्‍यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट