images

Sep 30 2026 | २०८३, असोज १४ गते

‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न

‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न

दुई देशवीच ब्यापार प्रवर्द्धन तथा प्रविधि हस्तान्तरणगर्न मेला फलदायी

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न

    मुम्वई । भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । 
    मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएका थिए । नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले मेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत भएको थियो । 
    सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षित गरी आयोजना गरिएको सो मेला दुई देशवीच ब्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणगर्न मेला फलदायी भएको संयोजक रामुदामुले बताए । उनका अनुसार यस्तो किसिमको मेलामा सहभागी हुँदा विश्व बजारमा भएको प्रविधिको बारेमा नजिकवाट बुझ्न र नयाँ नयाँ प्रविधि तथा शीपको बारेमा जानकारी लिन सजिलो भएको बताए।   
     नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्यले सुनचाँदी तथा हिरा जवहारातका गरगहनाको खरिद-विक्री, प्रविधि हस्तान्तरण, शिप विकास, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा यस किसिमको मेला फलदायी हुने गरेको बताए । यस किसिमको मेलामार्फत दुई देशवीचका ब्यवसायीवीचको सम्वन्ध विस्तार र ब्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको उनको भनाई छ । 
    जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा भएको सो मेलामा बिश्व भरका सुनचाँदी तथा आधुनिक ब्यवसाय क्षेत्रका पारखी उद्यमी-ब्यवसायीहरु सहभागी थिए । जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो । 
    सुन तथा चाँदी लगायत वहुमुल्य धातुका गरगहना सम्वन्धी सवै खालका जानकारी तथा आवश्यकता पुरागर्न यस क्षेत्रमा आवद्ध ब्यवसायीहरुका लागि मेला फलदायी बन्ने गरेको छ । इण्डिया इन्टरनेशनल ज्वेलरी शो प्रत्येक बर्षको दुई पटक आयोजना हुने गर्दछ । महासंघको प्रतिनिधीमण्डल बिगत बर्षहरुमा पनि सो मेलामा सहभागी हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट