images

Sep 29 2026 | २०८३, असोज १३ गते

'हनी ट्रयाप' मा पारी पैसा असुल गर्ने दुईजना पक्राउ

'हनी ट्रयाप' मा पारी पैसा असुल गर्ने दुईजना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • 'हनी ट्रयाप' मा पारी पैसा असुल गर्ने  दुईजना पक्राउ

    काठमाडौँ । सामाजिक सञ्जालबाट जोडिएर विवाहित पुरुषलाई हनी ट्रयापमा पारी रकम असुल गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दोलखा घर भई तारकेश्वर बस्ने राजु खत्री र सिन्धुली घर भई सानोठिमी भक्तपुर बस्ने आयुष्मा भन्ने आसिका रजल मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएकाे हाे ।

    मगर र खत्रीले पीडितलाई डर,धम्की तथा त्रास देखाइ मोलमोलाइ गरी विभिन्न समयमा ४० लाख बराबरको रकम असुल गरेको पाइएको छ। उनीहरुले विभिन्न समूह बनाइ सामाजिक सञ्जालमार्फत् केटी परिचालन गरी केही पुरुष व्यक्तिहरूलाई भेट्न लगाइ रकम असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरूष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लागि भेटघाट गरेको पाइएको छ। पीडित व्यक्तिहरूमाथि निगरानी राखी निजको घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायत सम्पूर्ण विवरणहरू प्राप्त गरी डायरीमा रेकर्ड राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    पक्राउ परेका दुवैजनालाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट