images

Sep 29 2026 | २०८३, असोज १३ गते

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २२ २०८०
  • मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

    काठमाडौँ । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ । 

    हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी (इञ्जिनीयर) शिव तिमल्सिनाले जानकारी दिए । डिजाइन भएर ठेक्कामा जान बाँकी छैन । उनले भने, “आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ । डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन् ।” उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठूलो पुल कणार्लीमा रहेको छ । अधिकांश भने साना पुल रहेका थिए । 

    आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढि छ । समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा  पुल निर्माणको प्रगति ५८ प्रतिशत छ । वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए । हरेकवर्ष सुरुमा विनियोजनभन्दा दोब्बर–तेब्बर खर्च भइरहेको उनको भनाइ थियो । सूचना अधिकारी तिमल्सिनाले भने, “खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन ।” टेण्डर आह्वान  गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उनले बताए । 

    त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ ।   बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ । बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन । 

    गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो । दमकस्थित योजना कार्यालयले छ, हेटौँडास्थित कार्यालयले पाँच र गाईघाटस्थित कार्यालयले तीन पुल निर्माण गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट