images

Sep 29 2026 | २०८३, असोज १३ गते

पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन

पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन

    तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् । 

    व्यास नगरपालिका–२ का १९ र व्यास–३ का २१ गरी उक्त घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबायाँका घर भत्काउने सर्तमा मुआब्जा बुझेका थिए । व्यास–२, ३ र ४ मा घर, मठमन्दिर र पाटी गरी करिब ७५ वटा संरचना भत्किने मुग्लिन–पोखरा पूर्वी सडक योजना पूर्वी खण्डले जनाएको छ ।  

    मुआब्जा रकम लिएर घर नभत्काएका र मुआब्जाका लागि निवेदनसमेत दिन सहभागी नभएका घरधनीलाई सात दिनभित्र घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको छ । उक्त सडकखण्डअन्तर्गत दमौलीको पूर्वमा बुल्दीखोला र पश्चिममा मादी नदी पुलसम्मको भागमा घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। 

    घर नभत्काउँदा बजार क्षेत्रको विस्तार कार्य अवरुद्ध हुने, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य हुने र जनजीवन प्रभावित हुने गरेको उनले बताए । “पहिलो चरणमा  सडक निर्माण कार्यको म्याद समाप्त भइसकेको छ”, उनले भने “पुनः थप भएको म्यादभित्र सडक निर्माण हुन नसके मापदण्डभित्रका २५ मिटर दायाँबायाँ खाली गर्न सम्बन्धित निकायबाट कानुनी प्रक्रिया अघि बढाइने छ ।”

    साथै घर भत्काउने घरधनीले नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफूखुसी नभत्काउनसमेत आग्रह गरिएको छ । सडक क्षेत्र २५ मिटरभित्र पुनः घर विस्तार गर्दा क्षतिपूर्ति प्राप्त गर्ने अवस्था कटौती हुने भएकाले यसतर्फ सचेत रहन समेत नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट