images

Sep 29 2026 | २०८३, असोज १३ गते

कालोपुलमा एक जनाको हत्याको अभियोगमा दुई जना पक्राउ

कालोपुलमा एक जनाको हत्याको अभियोगमा दुई जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
  • कालोपुलमा एक जनाको हत्याको अभियोगमा दुई जना पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ ।

    पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको हो ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट