images

Sep 30 2026 | २०८३, असोज १४ गते

कर्णाली राजमार्गका संरचना हटाउन थालियो

कर्णाली राजमार्गका संरचना हटाउन थालियो

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २२ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २२ २०८१
  • कर्णाली राजमार्गका संरचना हटाउन थालियो

    जुम्ला । जुम्लाको तिला गाउँपालिकास्थित कर्णाली राजमार्गमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरू भएको छ । 

    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार तिलाको कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। 

    अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र सडक डिभिजन जुम्लाले चासो लिएर काम गरिरहेको छ । तिलाको रारासेरी बजारका केही टहरा हटाएको छ । 

    कार्यालय प्रमुख चौधरीले भने, “सडक अतिक्रमणका विषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडा कार्यालयबाट जारी गरिएका सूचना केवल सूचना टाँसमै सीमित भएको बेला अहिले उक्त सूचनालाई कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील छ ।” 

    तिला गाउँपालिका–३ निवासी ज्वारीलाल भट्टराईले निर्णय कार्यान्वयन गर्न पटक–पटक बजारवासीले नगरपालिका र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि ती कार्यालयले एकले अर्कालाई दोषारोपण गर्दै पन्छने गरेको आरोप लगाए । 

    समयमै अव्यवस्थित घरटहरा नहटाइँदा र तिला–३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेलाबेलामा दुर्घटना हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने, “अतिक्रमण हटाउने विषय प्राथमिकताका साथ राखेर काम भइरहेको छ ।” राजमार्ग अतिक्रमण गरेर बनेका सबै संरचना हटाउन स्थानीय तहलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट