images

Sep 29 2026 | २०८३, असोज १३ गते

कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १८ २०८२
  • कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ

    काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय बैंकिङ हिनामिनाको आरोपमा पक्राउ परेका छन्।

    उनलाई २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो। 

    नेपाल राष्ट्र बैंकको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले लामो समयदेखि फरार रहेका रायलाई सिद्धार्थनगर नगरपालिका-१ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।सल्यान स्थायी ठेगाना भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० बसोबास गर्दै आएका रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ।

    राय विगतमा कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समिति अध्यक्ष, सीईओ लगायतका भूमिकामा थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट