Aug 10 2026 | २०८३, साउन २५ गते

उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १६ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १६ २०८२
  • उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

    कैलाली । गए रातिदेखि परेको अबिरल वर्षाका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

    images

    लगातारको भारी बर्षाको कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू डुबानका साथै जलमग्न भएका छन् । मुख्यमन्त्री शाहले बाढीबाट डुबान हुनसक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भइ बस्न सर्वसाधारण सबैमा अनुरोध गरे । 

    जिल्लाको मोहना नदीमा बाढी बढ्दो क्रममा छ । उक्त नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले समेत अनुरोध गरेको छ । अहिले मोहना नदीमा पानीले बाढीको सतह सतर्कता तह नाघेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट