images

Sep 29 2026 | २०८३, असोज १३ गते

काठमाडौँ महानगरको नगरसभा पुस ११ मा, खेलाडीलाई नगदसहित सम्मान कार्यक्रम

काठमाडौँ महानगरको नगरसभा पुस ११ मा, खेलाडीलाई नगदसहित सम्मान कार्यक्रम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • काठमाडौँ महानगरको नगरसभा पुस ११ मा, खेलाडीलाई नगदसहित सम्मान कार्यक्रम

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको १८औँ नगरसभा आगामी पुस ११ गतेका लागि आह्वान गरिएको छ । महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आइतबार बसेको ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तय गरेको हो ।


    बैठकमा प्रशासन, पूर्वाधार, वातावरण, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र सम्पदा लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित ३० वटा प्रस्ताव र विविध २ गरी ३२ वटा विषयमाथि निर्णयहरू भएका छन् ।


    बैठकले निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरूलाई आवश्यक बजेट निकासा दिने निर्णय गरेको छ । विद्यालयको शैक्षिक वातावरण र भौतिक सौन्दर्य अभिवृद्धि गर्न अनुदान प्रदान गर्ने र नेपाल भाषाको पाठ्यक्रम स्वीकृतिका साथै पाठ्यपुस्तक संशोधन गर्ने निर्णय पनि भएको छ ।


    त्यसैगरी, निर्माणका क्रममा रहेका विभिन्न पूर्वाधार योजनाहरूमध्ये १५ देखि २५ प्रतिशतसम्म भेरिएसन भएका योजनाहरूको कार्यपालिकाले अनुमोदन गरेको छ ।


    दृष्टिविहीन क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    महानगरपालिकाले खेलकुद र खेलाडीको सम्मानका लागि पनि महत्त्वपूर्ण निर्णय गरेको छ ।

    विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन क्रिकेट टोलीका खेलाडीहरूलाई जनही १ लाख रुपैयाँ र टोलीका अन्य सदस्यहरूलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय बैठकले गरेको छ ।

    नयाँ कार्यविधि र ऐन संशोधनको तयारी

    बैठकले ‘श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२’ र ’बाल कोष परिचालन मापदण्ड २०८२’ स्वीकृत गरेको छ । 

    यस्तै ‘रचनात्मक सहर सञ्जाल कार्यविधि’ संशोधनसहित स्वीकृत भएको छ । सहकारी ऐन २०७४ मा समयसापेक्ष संशोधन गर्न र नयाँ सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि बैठकले सैद्धान्तिक सहमति दिएको छ ।

    महानगर प्रहरी ऐन संशोधन र महानगरवासीलाई निःशुल्क रगत तथा रक्त तत्त्व उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट