images

Sep 29 2026 | २०८३, असोज १३ गते

सशस्त्र प्रहरीद्वारा एक वर्षमा नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा एक वर्षमा नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ८ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ८ २०८२
  • सशस्त्र प्रहरीद्वारा एक वर्षमा नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद

    सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिरहाले आर्थिक वर्ष २०८१/८२ मा रु नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद गरेको छ । यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशुचौपायालगायतका विभिन्न सामग्री र गैरकानुनी रूपमा प्रयोगमा आएका सवारीसाधन नियन्त्रणमा लिइएका हुन् । 

    सशस्त्र प्रहरी गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बरामद गरिएका अवैध सामग्रीमध्ये लताकपडा मात्रै रु दुई करोड ६६ लाख आठ हजार बराबरको रहेको छ भने किराना सामान रु दुई करोड २० लाख, हार्डवेयर रु ४३ लाख ५८ हजार, इलेक्ट्रोनिक्स रु ४० लाख ७१ हजार, मदिरा रु २३ लाख ५१ हजार, नगद रु चार लाख, काठ रु ९३ हजार र पशुचौपाया रु १३ लाख ५६ हजार मूल्य बराबरका रहेका छन् ।

    त्यस्तैगरी अवैधकार्यमा प्रयोग गरिएका सवारीसाधनमध्ये २२२ वटा मोटरसाइकल, छ वटा पिकअप/स्कारपियो, २१ वटा ट्रयाक्टर, एक म्याजिक र चार वटा सिटी सफारी/अटो/रिक्सा समेटिँदा रु तीन करोड ३७ लाख आठ हजार बराबरको मूल्य रहेको छ ।

    यस क्रममा १५ व्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । गणपति भण्डारीले भने ।,“सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सक्रिय भएर सशस्त्र प्रहरी काम गरिरहेको छ । हामी आगामी दिनमा यस्ता गैरकानुनी कार्य विरुद्ध अझै कडा रूपमा प्रस्तुत हुने छौँ ।” 

    उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सशस्त्र प्रहरीले रु आठ करोड ४१ लाख बराबरको अवैध सामग्री बरामद गरेको थियो । यस वर्षको बरामद सङ्ख्याले यसपटकको नियन्त्रण अझ कडारूपमा अघि बढेको देखाउँछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट