images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्राधिकरण केही वर्षदेखि निरन्तर नाफामा छ  : हितेन्द्रदेव शाक्य

प्राधिकरण केही वर्षदेखि निरन्तर नाफामा छ  : हितेन्द्रदेव शाक्य

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १ २०८२
  • प्राधिकरण केही वर्षदेखि निरन्तर नाफामा छ  : हितेन्द्रदेव शाक्य

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका छन्।

    प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती गराउँदै सेवा सुदृढीकरण गरिरहेको बताए।

    विगतका उपलब्धिहरूको समीक्षा, वर्तमान चुनौतीहरूलाई सम्बोधन र नेपालको प्रगतिमा सशक्त योगदान दिन प्रतिवद्धता गर्ने अवसर मिलेको उनले बताए।

    लामो समयसम्म कायम लोडसेडिङको अन्त्यलाई उनले मुख्य उपलब्धीका रूपमा लिएका छन्। ऊर्जा विकासका लागि रणनीतिक उच्च भोल्टेज प्रसारण लाइन तथा सबस्टेसनहरू विकासमा प्राधिकरण सक्रिय रहेको उनले बताए। 

    त्यसैगरी, ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन तथा निर्माणलाई प्राथमिकता राखेको उनले बताए।

    वितरण प्रणालीको सुदृढीकरण र ग्राहकसम्म विद्युत पुर्‍याउने संरचनाको विकासमा जोड दिएको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट