images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसका पूर्व सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा

कांग्रेसका पूर्व सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
  • कांग्रेसका पूर्व सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । 


    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको आरोपमा मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । 

    आयोगले सो बराबरको बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको रेग्मीले जानकारी दिए । मुद्दा दर्ताका क्रममा छ । 


    चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । प्रमुख हुँदा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ । 
    चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ’३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट