images

Sep 29 2026 | २०८३, असोज १३ गते

सञ्चारमन्त्री खरेल: राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर

सञ्चारमन्त्री खरेल: राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • सञ्चारमन्त्री खरेल: राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताए ।


    राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको उनले बताए ।  निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उनले उल्लेख गरे । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उनले जानकारी दिए ।

    फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको उनले दाबी गरे । निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उनले जानकारी दिए ।


    मुलुक निर्वाचनमा अगाडि बढिसकेको उनको दाबी छ । उनले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताए  । निर्वाचनको तयारी तीब्र गतिमा बढेको उल्लेख गर्दै उनले सुशासनका कार्यहरु पनि सरकारले अगाडि बढाएको बताए । वर्तमान सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अदालत पुगेको उनको भनाई छ ।

    निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षा प्रदान गर्नको लागि सहयोग गर्न सञ्चारमाध्यामहरुलाई उनले आग्रह पनि गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट