images

Sep 29 2026 | २०८३, असोज १३ गते

मिलन पाण्डेसहित रास्वपा नगएका नेताहरू जेन-जी फ्रन्टको सल्लाहकार परिषदमा सामेल

मिलन पाण्डेसहित रास्वपा नगएका नेताहरू जेन-जी फ्रन्टको सल्लाहकार परिषदमा सामेल

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ६ २०८२
  • मिलन पाण्डेसहित रास्वपा नगएका नेताहरू जेन-जी फ्रन्टको सल्लाहकार परिषदमा सामेल

    काठमाडौँ- नेपाल जेनजी फ्रन्टले सल्लाहकार परिषद गठन गरेको छ।

    १३ सदस्यीय परिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नगएका विवेकशील साझाका नेताहरू समावेश भएका छन्।

    यस परिषदमा विवेकशीलका रमेश पौड्यल, आशुतोष तिवारी, मिलन पाण्डे लगायत छन्।

    जेनजी फ्रन्टले विज्ञप्ति जारी गरी फ्रन्टको कामकाजलाई प्रभावकारी बनाउन विभिन्न अग्रगामी परिवर्तनकारी अग्रजलाई समेटेको बताएको छ। 

    ‘फ्रन्टका यस्ता कार्यलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउनका लागि हामीले विभिन्न क्षेत्रमा रहेका अग्रगामी परिवर्तनकारी अग्रजहरूलाई समेटेर एक सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेका छौं,’विज्ञप्तिमा भनिएको छ।


    यस सल्लाहकार परिषदमा डा. रामजी राम, प्रगति राई, साधना राई, नवीन प्राचीन, डा. मीना पौडेल, दिव्येश गिरि, अनन्त अर्याल, रमेश पौड्याल, सस्मित पोखरेल, प्रमेश श्रेष्ठ, सरोज गौतम सदस्य छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट