images

Sep 29 2026 | २०८३, असोज १३ गते

निर्वाचन तयारीमा आयोग सक्रिय: आज प्रधानमन्त्री र राजनीतिक दलहरूसँग छलफल

निर्वाचन तयारीमा आयोग सक्रिय: आज प्रधानमन्त्री र राजनीतिक दलहरूसँग छलफल

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
  • निर्वाचन तयारीमा आयोग सक्रिय: आज प्रधानमन्त्री र राजनीतिक दलहरूसँग छलफल

    काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। 


    दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले यो पहल थालेको हो।

    विशेषगरी अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक वृत्तमा भने अझै अन्योल कायमै देखिन्छ। दलहरूले सरकार निर्वाचन टार्ने दाउमा रहेको आरोप लगाउँदै आएका छन् र समयमै मतदान हुनुपर्ने अडानमा छन्।

    यस्तो तिक्ततापूर्ण माहौलबिच हुन लागेको आजको छलफलमा आयोगले हालसम्मको आफ्नो तयारी, आवश्यक सुरक्षा प्रबन्ध र प्राविधिक पक्षबारे जानकारी गराउने बुझिएको छ।


    बैठकमा प्रतिनिधि सभा निर्वाचनसँगै राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका र कानुनी जटिलताबारे पनि गम्भीर विमर्श हुनेछ। आयोगले निर्वाचन सफल पार्न सरकार र राजनीतिक दल दुवैको पूर्ण सहयोग खोजेको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट