images

Sep 29 2026 | २०८३, असोज १३ गते

भदौ २३ को घटनामा तत्कालीन सरकार जवाफदेही हुनुपर्छ: गगन थापा

भदौ २३ को घटनामा तत्कालीन सरकार जवाफदेही हुनुपर्छ: गगन थापा

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
  • भदौ २३ को घटनामा तत्कालीन सरकार जवाफदेही हुनुपर्छ: गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् 'कालो दिन' को संज्ञा दिएका हुन्। 


    भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ता (जेनजी) सडकमा उत्रिँदा भएको उक्त घटनामा धेरै नौजवानले ज्यान गुमाउनु परेको भन्दै उनले गहिरो दुःख व्यक्त गरे।

    सडकमा जनताको आक्रोश पोखिनु स्वभाविक भएको तर्क गर्दै महामन्त्री थापाले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा ठूलो कुरा हुने जिकिर गरे। 

    ‘राजनीतिक नैतिकता निकै महत्वपूर्ण हुन्छ, म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ,’ उनले भने। ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्रीले यसबाट उम्किन नमिल्ने बताए।


    थापाले उक्त घटनालगत्तै कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट नैतिकता प्रदर्शन गरेको दाबी समेत गरे। घटनाको प्राविधिक छानबिन आफ्नै ठाउँमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ छ।


    उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ ।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट