images

Nov 09 2026 | २०८३, कात्तिक २३ गते

डीडीसीद्वारा दूध किसानलाई रु १२ करोड भुक्तानी, दैनिक रु एक करोड वितरण जारी

डीडीसीद्वारा दूध किसानलाई रु १२ करोड भुक्तानी, दैनिक रु एक करोड वितरण जारी

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १३ २०८३
  • डीडीसीद्वारा दूध किसानलाई रु १२ करोड भुक्तानी, दैनिक रु एक करोड वितरण जारी

    काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

    निजी क्षेत्रका डेरी उद्योगले किसानलाई रु तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डीडीसी) ले रु ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।

    -रासस

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट