वर्ल्डलिङ्क (WorldLink) को NET TV मार्फत फुटबल विश्वकप २०२६ लाइभ, सिजन पास मात्र रू. ९९९
वर्ल्डलिङ्क (WorldLink) को NET TV मार्फत फुटबल विश्वकप २०२६ लाइभ, सिजन पास मात्र रू. ९९९
काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स (WorldLink Communications) ले आफ्नो NET TV सेवामार्फत फुटबल विश्वकप २०२६ का सम्पूर्ण १०४ खेल लाइभ प्रसारण गर्ने भएको छ ।
कम्पनीले मात्र रू. ९९९ मा सिजन पास उपलब्ध गराउने जानकारी दिएको छ, जसमार्फत दर्शकले हिमालय स्पोर्ट्स च्यानल (च्यानल नम्बर ४५) मा सबै खेल एक्सक्लुसिभ रूपमा हेर्न पाउनेछन् ।
वर्ल्डलिङ्क (WorldLink) ले आफ्नो उच्चगतिको इन्टरनेट सेवाले कुनै पनि अवरोधविना निरन्तर र सहज प्रसारणको अनुभव दिने बताएको छ ।
