Aug 09 2026 | २०८३, साउन २४ गते

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन: सानेपामा श्रद्धाञ्जलीको घुइँचो, पशुपतिमा अन्त्येष्टि

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन: सानेपामा श्रद्धाञ्जलीको घुइँचो, पशुपतिमा अन्त्येष्टि

सानेपामा श्रद्धाञ्जलीको घुइँचो, पशुपतिमा अन्त्येष्टि

गत साउन ७ गते मात्र कांग्रेस सभापति थापाले गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेको घोषणा गरेका थिए। निधनको खबर आउनासाथ पार्टीले बुधबार बिहान साढे ८ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पनि बोलाएको थियो।

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १३ २०८३
  • कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन: सानेपामा श्रद्धाञ्जलीको घुइँचो, पशुपतिमा अन्त्येष्टि

    काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनपछि उनलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा नेता, कार्यकर्ता र शुभेच्छुकहरू ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका छन्।

    images

    ललितपुरकै जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत अवस्थामा मंगलबार दिउँसो ७९ वर्षको उमेरमा श्रेष्ठको निधन भएको थियो। उनको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म सानेपाको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। यसपछि शवयात्रा पशुपति आर्यघाट लगिई त्यहीं अन्तिम संस्कार गरिने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका थिए।

    श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस सभापति गगन थापासहित पार्टीका शीर्ष नेताहरू उपस्थित भई स्वर्गीय श्रेष्ठप्रति भावभीनी श्रद्धाञ्जली अर्पण गरेका छन्। सभापति थापाले श्रेष्ठको निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउँदै, नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षामा उनले खेलेको भूमिका सधैं प्रेरणादायी रहने बताएका छन्। स्याङ्जाबाट सुरु भएको उनको लामो राजनीतिक यात्रालाई सम्झँदै थापाले देशले एक निष्ठावान् र निर्भीक नेता गुमाएको टिप्पणी गरेका छन्।

    गत साउन ७ गते मात्र कांग्रेस सभापति थापाले गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेको घोषणा गरेका थिए। निधनको खबर आउनासाथ पार्टीले बुधबार बिहान साढे ८ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पनि बोलाएको थियो।

    लामो समयदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका श्रेष्ठको निधनले कांग्रेस पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक क्षेत्रमा नै गहिरो श्रद्धाञ्जलीको माहोल सिर्जना गरेको छ। विभिन्न दलका नेताहरूले पनि सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै दिवंगत नेताको योगदानलाई सम्झेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट