images

Oct 06 2026 | २०८३, असोज २० गते

कांग्रेस महाधिवेशन: बन्द सत्र र निर्वाचन प्रक्रिया सुरु

कांग्रेस महाधिवेशन: बन्द सत्र र निर्वाचन प्रक्रिया सुरु

उपसभापति शर्मासहित पदाधिकारीले प्रतिवेदन पेस गर्ने, साँझदेखि निर्वाचनको प्रारम्भिक प्रक्रिया सुरु हुने

सोमबार, असोज १९ २०८३
सोमबार, असोज १९ २०८३
  • कांग्रेस महाधिवेशन: बन्द सत्र र निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं, १९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दोस्रो दिनमा प्रवेश गरेको छ। आज बन्द सत्र चल्नुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया पनि थालनी हुँदैछ। आइतबार उद्घाटन सत्र सकिएपछि आज बिहान ९ बजेबाट बन्द सत्र सुरु हुने पार्टी प्रवक्ता देवराज चालिसेले बताए। उद्घाटन सत्रमा पार्टीकै देउवा समूहको उपस्थिति भने रहेन।

    प्रतिनिधिका लागि बिहान ७:३० देखि ९ बजेसम्म भृकुटीमण्डपको ठूलो हलमा खाजाको व्यवस्था मिलाइएको छ। त्यसपछि सवा ९ बजेबाट खुला मञ्चमा बनेका तीनवटा हलमा बन्द सत्र चल्नेछ। सत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री र कोषाध्यक्षले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि प्रतिनिधिले आफ्ना धारणा राख्नेछन्। त्यसपछि विधान संशोधनका प्रस्तावमाथि छलफल हुनेछ र दिउँसो साढे ११ बजेदेखि खाना खाने समय तोकिएको छ।

    यसैबीच केन्द्रीय निर्वाचन समितिले आजै साँझदेखि निर्वाचनका प्रारम्भिक काम अघि बढाउँदै छ। तालिकाअनुसार बेलुका ५ बजे मतदाता नामावली सार्वजनिक हुनेछ। त्यसमाथि ६:३० बजेसम्म दाबी विरोध दर्ता गर्न पाइनेछ भने ७:३० बजेसम्म ती उजुरीको जाँचबुझ हुनेछ। बेलुका ८:३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारी दर्ता हुने र बिहीबार मतदान हुने तय छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार