१,५६५ मतसहित तीर्थ लामा शीर्ष, प्रेमध्वज दोस्रो
१,५६५ मतसहित तीर्थ लामा शीर्ष, प्रेमध्वज दोस्रो
प्रेमध्वज दोस्रो
काठमाडौं, २७ असोज — नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुलातर्फको १२ केन्द्रीय सदस्य पदको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। यस समूहमा ४१ जनाले उम्मेदवारी दिएका थिए।
हालसम्म सार्वजनिक भएको पछिल्लो परिणामअनुसार तीर्थ लामा १,५६५ मतसहित फराकिलो अग्रतामा छन्। डा. प्रेमध्वज लामा ९२३ मतसहित दोस्रो र ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्।
पछिल्लो मतपरिणाम (शीर्ष १३):
| क्र.सं. | उम्मेदवार | मत |
|---|---|---|
| १ | तीर्थ लामा | १,५६५ |
| २ | डा. प्रेमध्वज लामा | ९२३ |
| ३ | ई. अनुप श्रेष्ठ | ८९७ |
| ४ | कर्मा छिरिङ शेर्पा | ८७८ |
| ५ | टेकप्रसाद गुरुङ | ७६९ |
| ६ | भिम श्रीस मगर | ७११ |
| ७ | रामकृष्ण चित्रकार | ७०४ |
| ८ | बुद्ध लामा | ७०१ |
| ९ | अमृत गुरुङ | ६२९ |
| ९ | गेल्जे लामा (शेर्पा) | ६२९ |
| ११ | वंशालाल तामाङ | ६२२ |
| १२ | सुशील गुरुङ | ५७९ |
| १३ | छन्दबहादुर पहराई मगर | ५४२ |
अन्य उम्मेदवारमध्ये प्रकाश महर्जनले ४०८, टंकप्रसाद राईले ४०३, खडकबहादुर राना (केवी) र कमल तामाङले ४०१-४०१, कृष्णनारायण श्रेष्ठले ३४२, पूर्णकुमार तुम्बापोले २६८ र जितेन्द्र महर्जन (पासा)ले २५९ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेकाले यो अन्तिम परिणाम होइन। १२ पदका लागि अन्तिम गणनाले निर्वाचित हुने उम्मेदवारको टुंगो लगाउनेछ।
