ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक
ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक
सामसङ्गको ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक गरिएको छ ।
सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ सुश्री प्रियन्का रानी जोशीद्वारा संयुक्त रुपमो संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो ।
अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र आइपीएक्स ८ रेटिंगलाई फेसन रन-वेमा मोडलहरुले प्रदर्शित गरेका थिए ।
“चार वर्ष अघि, सामसङले फोल्डेबल स्मार्टफोन अन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो । सामसङले निरन्तर रुपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छन् । ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टीटास्किंगहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पुर्याउनेछन् ।” सामसङ्ग नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।
दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ । मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ। यसका साथै आइपीएक्स८ को रेटिंग, आर्मर अलुमिनियम फ्रेमहरु, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैेलिन दिदैैन । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ ।
ग्यालेक्सी जेड फ्लिप५ सम्झौता बिना स्व-अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण
ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो ८+ २५६ जिबि मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१ लाख ४० हजार तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रीनयुक्त अल्टिमेट प्रडक्टीभीटी भएको पावरहाउस
वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड५ कालो र निलो गरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जिबि को मुल्य रु.२ लाख २७ हजार र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जिबि को मुल्य रु.२ लाख ४० हजार कायम गरिएको छ ।
यी मोडलहरुको प्रि(अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि-अर्डरमा ग्राहकहरुले रु.२५ हजारसम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् ।
यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु.७ हजारसम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ । यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङ्गले आफ्ना ग्राहकहरुका लागि एक पटकको ब्रेकेज इनसुरेंस र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ ।
